citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सनराइज बैंकले पायो ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्ड

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सनराइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले नयाँ र ग्राहक उपयोगी, सेवा र सुविधा प्रदान गर्दै आएको बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।निलम ढुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो ।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तीको पैसा तिर्ने सुविधा समेत बैंकले दिँदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधियुक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ जस्मा कार्डलेस विथड्र, ट्याप एण्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, मिस्डकल रिचार्ज, अनलाइन खाता खाल्ने आदि हुन् । हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ ।

बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

himalayan life insurance
igi long