citizens life insurance long ad
stcnepal long ad

कोरोना उपचारको लागि शंकरापुर अस्पताललाई विशेष नगर अस्पतालमा परिणत

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं ।  कोभिड – १९ को महामारी नियन्त्रणमा नआउँदा सम्मका लागि शंकरापुर अस्पताललाई कोरोना उपचार नगर विशेष अस्पतालको रुपमा परिणत गरिएको गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिएका छन् ।

चालिसेले गोकर्णेश्वर नगरपालिका र शंकरापुर अस्पताल प्रशासन बीच भएको सम्झौँता अनुसार नगर अस्पतालमा परिणत गरिएको बताएका छन् । सम्झौँता पछि शंकरापुर अस्पतालको नाम गोकर्णेश्वर शंकरापुर विशेष नगर अस्पताल कायम गरिएको छ ।

कोभिड भाइरसको फैलावट रोकथामका लागि स्थानीय समुदायलाई स्वास्थ्य उपचार सेवा प्रवाह गर्न विशेष क्वारेन्टाइन, आइसोलेसन वार्ड, फिवर क्लिनिक लगायतका थप सेवा सञ्चालन गर्न नगरपालिकासंग सम्झौता गरिएको छ । साथै चालिसेले यो सम्झौँता भाइरसको जोखिम रहुन्जेलसम्म लाई रहने पनि बताएका छन् ।

सम्झौँतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख सन्तोष चालिसे र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि सापकोटाले हस्ताक्षर गरेको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

सम्झौँता अनुसार अब अस्पतालले १० वेडको हस्पिटल, क्वारेन्टिन, १० वेडको आइसोलेसन वार्ड, ५ बेडको आइसीयू सहितको २ वटा भेन्टिलेटर र सञ्चालनमा रहेको एम्वुलेन्स कोभिड महामारी व्यवस्थापनमा प्रयोग गर्न नगरपालिकालाई दिने उल्लेख गरिएको छ ।

सम्झौता पछि अस्पताल सञ्चालन गर्न नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनाइएको छ । उक्त समितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा सृजना पाण्डेय, हेल्थ कन्सर्न डा सुवास प्याकुरेल, रामहरि सापकोटा सदस्य रहेका छन् ।

यस्तै डा कुशल थापा, डा रमेश ढकाल, डा सतिश कुमार देव र डा पवनराज चालिसे सदस्य रहेका छन् ।                 डा सुवास प्रसाद आचार्य आमन्त्रित सदस्य रहेका छन । नयाँ व्यवस्थापन अनुसार अस्पतालले कोभिड र नन कोभिड विरामीलाई सहज रुपमा सेवा उपलव्ध गराउँनेछ

IME Life
kumari