citizens life insurance long ad
stcnepal long ad

नेपाल टेलिकमको नाफा वृद्वि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरणको सारांश यश प्रकार रहेको छ।

गत आ.व. को चौथो त्रैमासिक अवधि २०७८ आषाढ मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय रु. ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि २०७९ आषाढ मसान्तसम्ममा रु. १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार अर्थात ५.४४ प्रतिशतले वृद्धि भई रु. ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रहेको नेपाल टेलिकमले जनाएको छ ।

गत आ।व। को चौथो त्रैमासिक अवधि २०७८ आषाढ मसान्तसम्मको कुल आय रु. ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रहेकोमा चालु आ.व.को सोही अवधि २०७९ आषाढ मसान्तसम्ममा कुल आय रु. २ अर्ब ११ करोड १४ लाख ५४ हजार अर्थात ५ प्रतिशतले वृद्धि भई रु. ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रहेको टेलिकमले जनाएको छ ।

यसैगरि गत आ.व. को चौथो त्रैमासिक अवधि २०७८ आषाढ मसान्तसम्मको खुद मुनाफा रु. ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा २०७९ आषाढ मसान्तमा रु. १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई रु. ८ अर्ब ३८ करोड ८८ हजार पुगेको टेलिकमले जनाएको छ।

गत आ.व. को चौथो त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व. को सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरुमा कार्यहरूमा पहिलो सञ्चालन आयमा वृद्धि भएको छ।

सेवाको प्रयोगमा वृद्धि भएका कारण तर्फ करिब रु. ५० करोड वृद्धि भएको छ। सेवाको व्यापक विस्तार गरिएका कारण न्क्ः ख्यष्अभ सेवाको प्रयोग वृद्धि भई करिब रु. २ अर्ब ५५ करोड वृद्धि भएको छ ।

दोस्रो कार्य सञ्चालन आयमा कमी देखिएको छ । अन्तर आबद्धता सम्बन्धी निर्देशिका अनुसार अन्तरआबद्धता शुल्कमा कमी आएको र सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. ७० करोडले कमी भएको जनाएको छ ।

Data सेवाको प्रयोगमा वृद्धि भएसँगै GSM Data सेवाको प्रयोग घटेकोले राजस्वमा करिब रु. २१ करोडले कमी आएको देखिन्छ।

4G सेवा न्क्ः सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब रु. १२ करोडले कमी आएको देखिन्छ । तेस्रो गैर कार्य सञ्चालन आयमा भएको परिवर्तन छ।

बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब रु. ७७ करोडले वृद्धि भएको छ । विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ३७ करोड Foreign exchange Gain भहअजबलनभ न्बष्ल भएको छ।

कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम Impairment तथा Finance Cost मा गत आ।व।मा भन्दा कमी आएको टेलिकमले जनाएको छ ।

 

IME Life
kumari