citizens life insurance long ad
stcnepal long ad

ओम्नीलाई २८ करोड भुक्तानी दिन पोखरेलको दबाब, स्वास्थ्य विभागका लेखा अधिकृतद्धारा अस्वीकार

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

काठमाडौं । विवादास्पद ओम्नी ‌विजनेश कर्पोरेट इन्टरनेसनल प्रा.लि.लाई‌ भुक्तानी दिन स्वास्थ्य सेवा विभागका लेखा अधिकृत‌ दिवाकर घिमिरेले असहमति‌ जनाएका छन्। विभागका महानिर्देशक ‌महेन्द्रप्रसाद श्रेष्ठको‌ निर्देशनलाई‌ उनले इन्कार गरेका छन्।

ओम्नीलाई‌ भुक्तानी ‌दिन उपप्रधानमन्त्री ईश्वर ‌पोखरेलसम्मको‌ दबाब परेको छ ।‌ ओम्नीले आफूले‌ ल्याएको सामान वापत २८ करोडको दाबी सहितको पत्र‌ विभागमा‌ पठाएको छ।

सम्झौता ‌अनुसार ओम्नीले‌ स्वास्थ्य सामग्री ‌नल्याएको‌ भन्दै भुक्तानी दिन नसकिने राय दिएपछि विभागका तत्कालीन ‌लेखा प्रमुख ‌केशव प्रसाईंलाई कारागार‌ महाशाखा सरुवा गरी घिमिरेलाई‌ ल्याइएको हो।

कोष तथा‌ लेखा नियन्त्रण कार्यालय नुवाकोटबाट ल्याइएका घिमिरेले‌ समेत ओम्नीलाई‌ भुक्तानी दिन‌ नसक्ने राय दिएपछि‌ सरकार थप‌ समस्यमा परेको छ।

सार्वजनिक खरिद ऐनमा‌‌ कामको मूल्यांकन गरेर‌ मात्रै ‌भुक्तानी‌ दिनुपर्ने तथा ठेक्का‌ तोडेको‌ अवस्थामा सार्वजनिक ‌निकायलाई भएको नोक्सानीको‌‌ क्षतिपूर्ति लिनुपर्ने व्यवस्था अनुसार भुक्तानी दिन नसकिने‌‌ लेखाको‌ मत छ।

ओम्नीसँगको‌ सम्झौता ‌तोडेर धरौटी समेत ‌जफत गर्ने‌ र ओम्नीलाई‌ कालो‌सूचीमा राख्ने निर्णय सरकारले गरेकाले भुक्तानी दिन ‌‌‌नसकिने लेखाको‌ राय छ।‌ आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

IME Life
kumari