citizens life insurance long ad
stcnepal long ad

अर्थतन्त्रमा बल पुग्ने गरी वनको सदुपयोग गर्नुपर्छः ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि बताए।

सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे।

सामुदायिक वनको अवधारणाको माध्यमबाट नै नेपालमा वनको विनास रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए।

उनले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन। वनका बहुआयाम छन्। ती सबै आयाम कसरी प्राप्त गर्नेरु वनको सुरक्षा हुनुपर्‍यो।

र, त्यसको सदुपयोग पनि हुनुपर्‍यो। वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनु पर्दछ। हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदि कुरादेखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ।

तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ। सामुदायिक वनमार्फत् राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिंगो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्वपूर्ण छ।’

उनले केही समयअघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनासको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको दाबी गरे।

IME Life
kumari