citizens life insurance long ad
stcnepal long ad

परराष्ट्रमन्त्री खड्का आज साँझ चीन भ्रमणमा जाँदै

'भोलि चिनियाँ विदेशमन्त्री वाङसँग दुई पक्षीय वार्ता हुने'

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । परराष्ट्र मन्त्री डा। नारायण खड्का आज मंगलबार साँझ चीन भ्रमणमा जानु हुनेभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का तीन दिने भ्रमणका लागि जान लाग्नुभएको हो ।

शेरबहादुर देउवाको सरकार बनेको १३ महिनामा नेपालबाट चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भोलि बुधबार पूर्वी चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा द्विपक्षीय वार्ता हुने छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव र नेपाल अमेरिकी प्रभावमा पर्दै गएको आशंकाबीच परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता दोहो¥याउने बुझिएको छ । दुई पक्षीय वार्तामा नेपाल–चीन सीमा समस्याबारे पनि छलफल हुने भएको छ ।

यस्तै, कोरोना संक्रमणपछि अवरुद्ध सीमा नाका सहज बनाउने विषयमा पनि छलफल हुने छ । तर, चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रहेर कुनै पनि सम्झौता नहुने बुझिएको छ ।

IME Life
kumari