stcnepal long ad
global ime bank long

पशुपति क्षेत्रमा संखुवासभाका रुद्राक्षका विरुवा रोपिए

समन्वयबाट सहरी व्यवस्थापनमा नतिजा ल्याउन चाहेका छौँ –प्रमुख शाह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका विरुवा रोपिएका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा विरुवा रोप्नुभएको हो ।

बर्खायाममा निरन्तर विरुवा रोप्ने गरी आज सांकेतिक रुपमा मन्दिरको मुख्य प्रवेश द्वारको अगाडि पश्चिम उत्तरतर्फ विरुवा रोपिएका हुन् ।

विरुवा रोप्ने कामको थालनीपछिको संक्षिप्त प्रतिक्रियामा मन्त्री श्रेष्ठले, पशुपति क्षेत्रको गरिमा बढाउन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व भएका बनस्पति रोप्न कामलाई निरन्तरता दिइने बताउनुभयो । यसैगरी महानगरका प्रमुख शाहले, समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका विरुवा रोप्ने योजना बनेको हो । त्यस क्रममा खाँदबारी नगरका प्रमुख थपलियाको भनाइ थियो ।
पशुपति क्षेत्रमा रोप्नका लागि खाँदबारी नगरपालिकाले ३ सय ५० वटा विरुवा पठाइसकेको छ ।

 

 

IME Lifesidebar
kumari