stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२२ करोड ३० राजश्व यातायात कार्यालयबाट सङ्कलन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आ.व २०७८/७९ रु. ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो ।

सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७ सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु. एक करोड ३२ लाख चार हजार ९८१ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।

यो आ.व २०७७/७८ को भन्दा रु. २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजश्व सङ्कलन भएको थियो ।

यस्तै आ.व २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप, कार लगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।

कार्यालय प्रमुख शाहका अनुसार सो आ.वमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।

मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारी साधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारी साधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आ.वमा राजश्व सङ्कलन उल्लेखनीय बढेको उनको भनाइ थियो ।

prabhu mahalaxmi
kumari