stcnepal long ad
global ime bank long

लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन्।

आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेन भन्दा सम्बन्ध विच्छेदका घटना तीन गुणा बढी देखिन्छ। लमजुङमा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइएको छ।

गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन्।

यसअघि आर्थिक वर्ष ०७७र७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए। उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई सय १२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको थियो।

न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए।

उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्ध विच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।

IME Lifesidebar
kumari