stcnepal long ad
global ime bank long

चावहिलबाट बिस्फोटक सामानसहित छविलाल पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौंको चावहिलस्थित एक गोदाम घरमा नेपाल प्रहरीको बिशेष टोलीले छापा मारि पटका लगायतका विस्फोटक पदार्थ बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले आज साउन ५ गते दिउँसो उक्त गोदाममा छापा मार्दा पटका अर्थात बिस्फोटक पदार्थ सहित भन्सार छलीका बिभिन्न सामग्रीहरु बरामद गरेको छ ।

त्यहाँ अवैध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीको विशेष टोली पुगेको थियो। गोदामबाट पटकासहित विभिन्न बिदेशी ब्रान्डका चुरोट, गुट्खा, हुक्का फ्लेबर्स र अक्सिमिटर बरामद गरेको छ ।

बरामद गरिएका बस्तु करिब १ करोड मुल्य बराबरका रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

एसपी कोइरालाले भन्सार छलेर ल्याइएको सामान र गोदामका मालिक पर्सा जिल्लाको सुखवा प्रसौनी गाउँपालिका १ घरभई काठमाडौं कपन डेरा गरि बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको छ ।

भन्सार छलीका सामानमा पटका समेत रहेकोले निज छबिलालमाथि विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा मुद्दा चलाइने एसपी कोइरालाले बताएका छन । बरामद भएका सामानहरु राजश्व अनुसन्धान विभाग हरिहरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari