प्रेस युनियनको महाधिवेशन आज, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन नवौँ महाधिवेश आज हेटौँडामा सुरू हुँदैछ।
महाधिवेशनलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। करिव ८ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो।
महाधिवेशनमार्फत संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको उम्मेदवारी रहने भएको छ।
संस्थापनइतर समूहका तर्फबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने भएका छन्। महासचिवमा दिलीप पौडेल,वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणि दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल उम्मेदवार बन्ने पक्का भएको छ।

























