stcnepal long ad
global ime bank long

पूर्व आपूर्ति सचिव दुर्गा पाण्डेको निधन, इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई पितृशोक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई पितृशोक परेको छ।

उनका बुबा दुर्गाप्रसाद पाण्डेको विहीबार निधन भएको छ। उनी पूर्व आपूर्ति सचिव हुन्। दुर्गाप्रसाद मृगौला रोगबाट पीडित थिए।

पाण्डेले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका थिए। सन् १९५६ मा पर्यटनसम्बन्धी तालिम लिएका उनले अमेरिकाको जर्ज टाउन विश्वविद्यालयमा सन् १९६२ मा पनि अध्ययन गरेका थिए।

त्यस्तै, सरकारी सेवातर्फ अस्थायी लेक्चररका रुपमा पाटन कलेजमा सन् १९५८ मा सेक्सन अफिसर र सन् १९६१मा पर्यटन विभागको उपसचिव बनेका थिए।

सन् १९६६मा उनले मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख, सन् १९८२मा कोलकाताको महाबाणिज्यदूत बनेका थिए।

यस्तै वीरगंज चिनी कारखानाको अतिरिक्त सचिव, सन् १९८८मा आपूर्ति मन्त्रालयको सचिव भएका थिए। उनले वाणिज्य मन्त्रालयको सेवाबाट सन १९९० मा अवकाश पाएका थिए।

नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरूको सरकारी वार्ता तथा बैठकहरूमा नेपालको तर्फबाट करिब ४२ पटक सहभागी भएका थिए। उनले सन् १९७१, सन् १९७८ र सन् १९९१ को व्यापार तथा पारवहन सन्धि गर्ने कार्यमा विशेष सहभागिता जनाएका थिए ।

पाण्डेले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पदक तथा दीर्घ सेवा पदकजस्ता मानपदवीहरू पाएका थिए।

IME Lifesidebar
kumari