काठमाडौंको एक गोदाममा प्रहरीको छापा : १ करोड बराबरको अवैध सामान बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका–७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममाबाट प्रहरीले विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त गोदाममा छापा मारेको हो ।
अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटकालगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
उनले सामान भन्सार छलेर ल्याइएको पाइएपछि गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका–१ घर भएर छविलाल अगस्तीलाई पक्राउ गरेको छ ।
अवैध सामान सहित पक्राउ परेका अगस्तीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने भएको छ ।

























