stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल आयल निगमले सरकारसँग ऋण लिएर आईओसीलाई बुझायो १६ अर्ब ८० करोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) को बक्यौता रकम घटाएको छ ।आज मंगलबार दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

‘आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । १६ अर्ब ८० करोड बुझाएका छौँ,’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने, ‘अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।’

निगमले सरकारसँगै ऋण लिएर आईओसीलाई बक्यौता बुझाएको हो । जसले गर्दा निगमको दायित्व घटेको नभई स्थानान्तरण मात्रै भएको हो ।

निगमका अनुसार दैनिक बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय वाणिज्य बैङ्कको ३ अर्ब ऋण र ठुला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ ।

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा निगमलाई केही राहत मिले पनि पुरानो बक्यौताका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन ।

आईओसीले ४ दिनअघि मात्रै पठाएको मूल्यअनुसार प्रतिलिटर पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । तर सरकारले कर समायोजन नगरिदिँदा सर्वसाधारणले घटेको मूल्यमा इन्धन पाउन सकेनन् ।

आईओसीबाट मूल्य घटेर आए पनि भुक्तानी गर्नुपर्ने रकम पूर्ण रुपमा चुक्ता नभएसम्म मूल्य यथावत राख्ने निगमले जनाएको छ ।

prabhu mahalaxmi
kumari