stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चिकित्सा शिक्षाको शुल्क निर्धारण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताउनुभयो ।

उहाँले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ ।

 

स्नातक तहतर्फको कार्यक्रममा एमबिबिएस उपत्यकाभित्र रु ४१ लाख ६८ हजार ९०, एमबिबिएस उपत्यकाबाहिर रु ४५ हजार ९५ हजार ७२०, विडिएस रु २० लाख ९२ हजार २९०, बिएस्सी नर्सिङ रु १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको छ ।

यस्तै बिएस्सी एमआइटी, बिपिटी, बि. मेडिकल माइक्रोलोजी र बि। बायोक्यामेस्ट्री, बिपिएच, बिफार्मेसी, विपर टेक, बिएएसएलपी लगायतको शुल्क रु सात लाख ७७ हजार तोकिएको छ ।

यस्तै स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि रु सात लाख ५७ हजार ८३० तोकिएको छ ।

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको रु तीन लाख चार हजार २२० र डिएम÷एमचिएचको रु २५ लाख ९० हजार शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari