नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेपाल चिकित्सक संघले आज पत्रकार सम्मेलन गर्दैछ। चिकित्सकमाथि चन्दा आतंक, अपहरण, सांघातिक आक्रमण, अस्पतालमा हुने गरेका तोडफोड तथा हुलहुज्जत तीब्र गतिमा बढिरहेको भन्दै यसविरुद्धमा चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षाको लागि जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।
२०६६ सालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बधी ऐन २०६६ र सोको नियमावली २०६९ जारी गरिएको र त्यसको कार्यान्वयनमा बाधा उत्पन्न भइरहेको अवस्थामा २०७९ साल असार २९ गते संघीय संसदबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ पारित भएको अवसरमा पत्रकार भेटघाट गर्न लागेको जनाएको छ।

























