citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सुमि फर्मास्युटिकलले सरकारलाई हस्तान्तरण गर्यो १ करोड बराबरको सेनिटाइजर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

 

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । सरकारलाई सुमि फर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ ।

आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले उक्त सेनिटाइजर सङ्घीय सरकारलाई तीन हजार लिटर र सात प्रदेशलाई एक हजार लिटरका दरले वितरण गर्ने जानकारी गराए ।

उक्त सेनिटाइजर करिब रु एक करोड मूल्यबराबरको रहेको छ । मन्त्री ढकालले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेको भन्दै सहयोगका लागि धन्यवाद दिए ।

सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताउनुभयो । औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो ।

     

gold
himalayan life insurance long ad
kumari bank