citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । देशका विभिन्न भू–भागमा आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

 

भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

himalayan life insurance
igi long