citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मेलम्चीको विकल्प: सिस्नेरी खोलाको पानी ल्याउन अध्ययन शुरु

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

मकवानपुर । काठमाडौंका बासिन्दालाई मेलम्ची खानेपानीको विकल्पको रुपमा मकवानपुरमा रहेको सिस्नेरी खोलाको पानी आपुर्तिका लागि सरकारले पूर्व सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा सिस्नेरी खोलाको पानी आपुर्तिको सम्भाव्यताका लागि स्थलगत अवलोकन गर्नुभएको छ ।

 

 

काठमाडौँ उपत्यकामा खानेपानीको दिगो व्यवस्थापनका लागि नयाँ स्रोतहरू खोज्ने काम अघि बढाइएको हो । यसै सन्दर्भमा खानेपानी मन्त्री उमाकान्त चौधरी सहित खानेपानी मन्त्रालयका उच्च अधिकारी र काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन वोर्डका कार्यकारी निर्देशकको टोलीले काठमाडौं उपत्यकामा सिस्नेरी खोलाको पानी आपुर्ति गर्ने आयोजना स्थाल सिस्नेरी खोलाको स्थगगत अवलोकन गर्नुभएको छ ।

बागमती नदि नजिकको कुलेखानी खोला सिन्नेरीमा बाँध निर्माण गरी पानी संकलन गरी काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खानेपानीको विकल्पको रुपमा यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययनको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण हुने बाँध कुलेखानी खोला र वागमती नदिको दोभान भन्दा करिव २०० मिटर माथि बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित बाधको लम्मवाई ३ सय ४० मिटर र उचाई ६० मिटर रहने छ ।

यस बाँधमा जम्मा गरिएको पानी सिस्नेरी देखि करिव २ किलोमिटर उत्तरमा रहेको दरवन डाँडाँमा पम्पिङ्ग गरी पठाउने र उक्त स्थानमा पानी पोखरी तथा प्रशोधन केन्द्र बनाउने प्रावधान रहेको छ । मेल्मची परियोजानको विकल्पको रुपमा यो परियोजना तत्काल अघि बढाइने मन्त्री चौधरी बताउनु भयो ।

दैनिक १ करोड ७० लाख क्युविक मिलिलिटर उत्पादन क्षेमता रहेको आयोजनाको निर्माणका लागि २६ अर्ब लाग्ने प्राराम्भविक अनुमान गरिएको उपत्यका खानेपानी ब्यवस्जथापन वोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणाले बताउनुभयो ।

आयोजना स्थल फर्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते खोला र कुलेखानी खोलाको पानी संकलन गरी हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भैँसेपाटीस्थित पानी पोखरीमा पठाई काठमाडौं उपत्यकामा पानी वितरणको लक्ष्य राखिएको छ ।

himalayan life insurance
igi long