citizens life insurance long ad
stcnepal long ad

प्रधान सेनापति औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यून मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ आज असार ४ गते नेपाल सरकारका रक्षा सचिव सहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सेनापति महारथी प्रभुराम शर्मा लेवनानतर्फ प्रस्थान गर्नु भएको छ ।

वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नु भएको थियो ।

 

 

 

प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार ४ गतेदेखि असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ Lebanon स्थित UNIFIL Mission र तत्पश्चात Syria स्थित UNDOF Mission को निरीक्षण भ्रमण गर्नु भई उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु हुनेछ ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरिया, UNIFIL Mission र UNDOF Mission का उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ ।

आज लेवनानमा Honorary Consul General of Nepal लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नु हुनेछ । तत्पश्चात, लेवनानी सेनाको एक टुकडीद्वारा वहाँको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

लेवनान प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई असार गते जंगी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

साथै, उक्त निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति महारथी प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि   असार १७ गतेसम्म ५  सदस्यीय भ्रमणदलका साथ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नु हुने कार्यक्रम समेत रहेको छ ।

प्रधान सेनापति महारथी शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

IME Life
kumari