stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

लकडाउन उल्लघंन गर्ने १७१९ जना नियन्त्रणमा

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ५३ महिला सहित  १३ सय ६६  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  २ सय ८६ वटा दुई पाङ्ग्रे र २० वटा चार पाङग्रे गरी ३ सय ६ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा बढि १४ सय ७६ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय ३१ र भक्तपुरबाट १२ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नुभयो ।

prabhu mahalaxmi
kumari