citizens life insurance long ad
stcnepal long ad

अमेरिका जान कोरोना नेगेटिभ प्रमाण नचाहिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ ।

अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको जानकारी दिएका छन् ।

 

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो । भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए । आइतबार देखि यो नयाँ नियम लागू हुने भएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यस नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनः मूल्याङ्कन गर्ने भएको छ ।

तर, नयाँ कोरोना भेरियन्टहरू देखा परेर प्रतिकूल स्थिति सिर्जना भए तत्कालै पुरानो नीति अवलम्बन गर्नु आवश्यक रहेको अमेरिकी अधिकारीहरूको विश्वास रहेको सीडीसीले जनाएको छ ।

IME Life
kumari