citizens life insurance long ad
stcnepal long ad

असार १ गतेदेखि सरकारले तीन महिना सडक खन्न स्वीकृति नदिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारले तीन महिना सडक खन्न स्वीकृति नदिने भएको छ। वर्षायामको समयमा सडक खनेर हिलाम्मे बनाएर छाड्ने लापरबाही बढेपछि पीच भएका सडकहरू खनेर धारा तथा ढलका पाइप, बिजुली, इन्टरनेट तथा टेलिफोनका तार बिछ्याउने गरिएकोमा असार, साउन र भदौमा अनुमति नदिइने भएको हो। यो निर्णयले वर्षायाममा सर्वसाधारणले केही राहत महसुस गर्ने भएका छन्।

सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले अनुमति नदिइएको बताइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो।

 

 

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक नखन्न सडक विभागले निकालेको सूचनामा भनिएको छ।

कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

IME Life
kumari