citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि उठाइँदै काठमाडौंको फोहोर

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं। आज मंगलबारदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाइँदैछ। सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको रोहबरमा यो सहमति भएको हो।

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो।

 

 

 

उक्त सहमति अनुसार फोहोरलाई स्रोतमै छुट्टाउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि मंगलबारदेखि नै उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइनेछ।

सहमति पत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन्।

यस्तै, काठमाडौं महानगरपालिकाले धुनिवेशी नगरपालिका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोबास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने र यो कामको सुरुवात एक हप्ताभित्र गर्ने प्रतिबद्धता जनाएको छ।

himalayan life insurance
igi long