विश्व वातावरण दिवस: प्रकृतिमुखी जीवनशैली अपनाउन वातावरणविद्को सुझाव
efbufpF, @@ h]7 -/f;;_ M ljZj jftfj/0f tyf l;ly gvMsf] cj;/df eQmk'/ gu/kflnsf! b'wkf6Lsf] efHof k'v' kl/;/ ;/;kmfO{ ub}{ eQmk'/ gu/kflnsfsf sd{rf/L tyf :yfgLox? . l;ly gvMsf] lbg g]jf/ ;d"bfodf Ogf/, s'jf, kf]v/L, wf/fnufotsf kfgLsf] ;|f]t ;/;kmfO ug]{ k/Dk/f 5 .tl:j/ M nIdL uf?
काठमाडौँ । आज विश्व वातावरण दिवस । संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।
नेपालमा पनि आज कै दिन हरेक वर्ष यो दिवस मनाइन्छ । यस वर्ष दिवसका लागि ‘दिगो प्रकृतिमैत्री जीवनयापन स् पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।
मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण प्राकृतिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्नुपर्नेमा वातावरणविदहरुले जोड दिदै आएका छन् ।।























