शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार
काठमाडौँ । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको हो । पाँच हजारमा पाइने थर्मल गन उनले १५ हजारसम्ममा बेचेको आरोप उनीमाथि छ । उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो ।
उनको कुटनीतिक नम्बर प्लेटको गाडी समेत प्रहरीले बरामद गरेको छ । अग्रवाल जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत हुन् ।
प्रहरीले उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत बरामद गरेको छ ।