stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर  नवलपरासीका पत्रकारलाई ‘प्रेस ज्याकेट’ वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नवलपरासी । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले पत्रकारहरूलाई ‘प्रेस ज्याकेट’ वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर महासंघले शाखामा आवद्ध सबै पत्रकाहरूलाई मंगलबार ज्याकेट वितरण गरेको हो ।

स्थानीय तह निर्वाचनका क्रममा खटिने पत्रकारहरूलाई समाचार संकलनमा सहज हुने र ज्याकेटका कारण महासंघको संस्थागत पहिचानमा सहयोग पुर्‍याउने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको महासंघका अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो ।

निर्वाचनबाहेक अन्य जोखिम समयमा गरिने समाचार संकलनमा प्रेस ज्याकेट पत्रकारहरूको सुरक्षा कवचको रूपमा सहयोगी बन्ने अध्यक्ष शर्माको विश्वास छ । जिल्ला शाखामा ९० जना सदस्य छन् ।

स्थानीय तह निर्वाचनमा हुनसक्ने भ्रामक विषयलाई पत्रकारितामार्फत स्पष्ट गर्दै सर्वसाधारणलाई सही सूचना र जानकारी दिन महासंघले जिल्लाका पत्रकार र सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै महासंघ जिल्ला शाखाले यसअघि पत्रकारहरूलाई निर्वाचन रिपोर्टिङ र आचारसंहिता विषयमा तालिम दिएको थियो ।

prabhu mahalaxmi
kumari