stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनु भएको छ ।

गृह मन्त्रालयमा आज सोमबार आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनु भएको हो । मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना हुनुभएको थियो । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको हो । सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

prabhu mahalaxmi
kumari