stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ्ग एपले, यस मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ ।

आफ्ना सन्तानहरूको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि स(साना खुसीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने यस शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको हो।

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहरूले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्नेछन् साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने छन् ।

यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहारहरू खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिनेछ। आमाहरूको मुहारमा मुस्कान ल्याउनको लागि बिजबजार मार्फत उपहारहरू खरिद गरी गज्जबको छुटलाई सदुपयोग गरी खुसीका साथ मातातीर्थ औँसी मनाउनुहोस् ।

 

prabhu mahalaxmi
kumari