stcnepal long ad
global ime bank long

१० प्रतिशतसम्म छुट गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले भ्यानमा खाद्यान्न लिएर चाेकचाेकमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । चैत १९ गते बुधबारदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत मुल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण शुरु गरेको छ । सरकारको निर्देशन अनुसार लकडाउनको समयमा उपभोक्ताको घर-घरमा पुर्याएर १० प्रतिशतसम्म सहुलित मूल्यमा खाद्यान्न बिक्री वितरण शुरु गरेकाे साल्ट ट्रेडिङ कर्पाेरेशन जनाएकाे छ ।

लकडाउनका बेला उपभोक्तालाई सहज हाेस भनेर भ्यानबाट राजधानीको चाेक– चाेकमा सामान लगेर बेच्चे काम शुरू भएकाे साल्ट ट्रेडिङ कर्पाेरेशनका सूचना अधिकारी कुमार राजभण्डारीले बताएका छन् ।

कर्पोरेशनले ३ वटा मोबाइल भ्यानबाट काठमाडौं उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चाेकमा खाद्यान्न पुर्याउने काम थालेकाे छ । खाद्यान्न वितरण गर्न परिचालित भ्यानकाे संख्या कम भएकाेले माग अनुसार भ्यान पठाउने गरेको राजभण्डारीले बताएका छन् । बुधबार उपत्यकाका सामाखुसी चोक, झिर टोखा, खुसिँबु, नयाँबजार, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपा लगायतका क्षेत्रहरुमा खाद्यान्न बिक्री गरेको छ ।

लकडाउनको अबस्थालाई बुझेर एक व्यक्तिले २ केजीसम्म दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने व्यवस्था गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जाेगिने सुरक्षाका उपाय अपनाउँदै खाद्यान्न सामाग्री बिक्री वितरण गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिएको छ ।

सरकारी निजी साझेदारीको नमुना बनेको साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, खाने तेल, नुन, मैदा, दाल, गेडागुडी, ग्यास लगायत दैनिक उपभाेग्य बस्तुहरू बिक्री गर्दै आएकाे छ ।

हाल कर्पाेरेशनले चिनीमा १० प्रतिशत छुट दिएकाे राजभण्डारीले जानकारी दिएका छन् । चामल, नुन, मैदा, दाल तथा गेडागुडीमा साविककाे मूल्यमा थाेरै घटाइएकाे छ । सरकारले खाद्य बस्तुमा १० प्रतिशत छुट दिने भने पनि साल्ट ट्रेडिङ कर्पोरेशनलाई कुुनै पत्र आएको छैन्, आज उद्योग मन्त्रालयमा बोलाएको छ, मन्त्रालय गएर आए पछि मात्रै कसरी छुट दिने भन्ने थाहा हुन्छ,’ राजभण्डारी बताए ।

 

IME Lifesidebar
kumari