पछिल्लो २४ घण्टामा थप ३२ सङ्क्रमण पुष्टि, ८९ जना सङ्क्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, मन्त्रालयका अनुसार २१ जना १७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमित पुष्टि भएको छ ।
साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । २४ घण्टामा मृत्यु शून्य रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ रहेको छ । २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन्।























