citizens life insurance long ad
stcnepal long ad

सादा पोशाकमा अवैध धन्दामा संलग्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीको शादा पोशाकका असईसाव अवैध धन्दामा संलग्न भएको पाइएको छ । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत आफुलाई असई बताउने दीपक वस्नेतले भुटानी शरर्णीहरुका वालवच्चाको हस्पिटल कार्ड बनाए वापत प्रति व्यक्ति पचास हजारदेखि एक लाख पचास हजारसम्म लिने गरेको श्रोतले दाबी गरेको छ ।

वस्नेतले चार पाँच वर्ष अगाडिदेखि नै यो धन्दा शुरु गरेका हुन् । झापामा रहेको भुटानी शरणर्थी क्यम्पका बालवच्चाहरुको नक्कली हस्पिटल कार्ड र अन्य कागजात मिलाई दिए वापत आफुलाई असई बताउने वस्नेतले उक्त रकम लिने गरेको खुलेको छ ।

अमेरिकाले भुटानी शरर्णीहरुलाई अमेरिकमा आश्रय दिएपछि बाँकी रहेका भुटानी शरणार्थीका वालवच्चा तथा नेपालबाट अमेरिका वालवालिका ओसार–पसारमा वस्नेतले नक्कली कागजात तयार पारेर सहयोग गर्ने गरेका छन् । नेपालबाट एडप्ट गरेर अमेरिका पु¥याउने भुटानी र नेपाली वालवालिकाको आवश्यक कागजात मिलाए वापत वस्नेतले ठुलो रकम लिने गरेको खुलेको छ ।

IME Life
kumari