stcnepal long ad
ime life insurance
national life
global ime bank long

शुक्रबारबाट चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शुक्रबारबाट चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँले नेपालको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्विपक्षीय वार्ता हुनेछ । साथै भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने कार्यक्रम छ ।

IME Lifesidebar
kumari