घट्यो सुन चाँदीको मूल्य
काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३८५ रुपैयाँमा कारोबार भएको थियो ।

























