stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहित को आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना द्वारा राखिएको थियो भने साहित्य परिचय अभियानका सदस्य देवेश झा ले गराउनु भएको थियो । कार्यक्रम संयोजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गर्नु भएको थियो ।

स्वागत मन्तव्य दिदै तिमल्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताउनु भयो । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिदै वहाँले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षण कालागि सञ्चालन गरिएको बताए ।

साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झा द्वारा गत साउन महिना देखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरण बारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको बताइयो ।

आफ्नो स्वास्थ्य जटिलता का कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल को सन्देश पढेर सुनाइएको थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवाल ले सन्देश मार्फत हिन्दु राष्ट्र को माग सम्पूर्ण नेपालको स्वाभिमान संग जोडिएको विचार व्यक्त गर्नु भएका थिए ।

यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल ले धर्म विहिन राष्ट्र हुन सक्दैन बताउदै प्राचीनकाल देखि नै नेपाल एक वैदिक सनातन हिन्दु राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुनलाग्यो भने पुरानै अबस्थामा ल्याउन सबै हिन्दुहरूले आ(आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने मा जोड दिनु भएको थियो ।

नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेल ले नेपाल हिन्दु राष्ट्र को रुपमा रहँदा संसारभर का हिन्दूहरूको तिर्थस्थल रहने बताए ।

कार्यक्रम का प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले नेपाल हिन्दु राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउनु हुदै आफ्नो अस्तित्व जोगाउन कालागि पनि यस अभियानमा जोडिनुपर्छ भन्नु भयो ।

राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रन्या ले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षता लाई जबर्जस्ती अंगालेको आरोप लगाउनु भयो ।

समापन मन्तव्य दिदै कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्री ले अभियानलाई ६६ जिल्ला सम्म पुर्याइएको चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दु राष्ट्र नेपाल मा शासन पद्धति जुनसुकै भएपनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्नु भयो ।

अभियानका सदस्य प्रह्लाद रेग्मी द्वारा सञ्चालित उक्त कार्यक्रम मा सामूहिक साहित्य विमोचन र ऋतु लामा द्वारा एकल गायन प्रस्तुत गरिएको थियो ।

IME Lifesidebar
kumari