राजस्व छली गर्ने तीन जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन जना विरुद्ध राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ । पाटन उच्च अदालतमा दायर गरिएको मुद्दामा ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ राजस्व छली गरेको आरोप लगाइएको छ ।
उक्त मुद्दामा दिपककुमार देउजा, मोहनप्रसाद भट्टराई र सुनिलमान शाक्यले राजस्व छली गरेको विभागले जनाएको छ । उनीहरुलाई छली गरेको रकमको दोब्बर रकम १६ करोड ४३ लाख ४५ हजार २८२ रुपैयाँ दावी सहित चैत २ गते मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरुले विभिन्न फर्मबाट मूल्य अभिवृद्धि कर २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ ठगी गरेको विभागले आरोप लगाएको छ ।























