सुनको मूल्य पाँच सयले घटयो
काठमाडौं। सुनको भाउ फागुन ३० गते सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो फागुन २९ गते आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आज सोमबार एक हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी हिजो आइतबार एक हजार ४ सय १५ रुपैयाँमा निर्धारण भएको छ ।




















