citizens life insurance long ad
stcnepal long ad

कोभिड १९ खोप कार्यक्रम र जोखिम सञ्चारबारे राष्ट्रिय सभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको नेपाल राष्ट्र कार्यालयको सहयोग र राष्ट्रियसभाको समन्वयमा काठमाडौंमा आज राष्ट्रियसभाका निर्वाचित सदस्यहरूसँग कोभिड–१९ खोप कार्यक्रम, जोखिम सञ्चार र समुदायको सहभागिताबारे अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।

राष्ट्रिय र प्रदेश सभाका सांसदहरूसँगको सहभागिता कार्यक्रमअन्तर्गतको पछिल्लो शृंखला रहेको यस कार्यक्रमले खोप ग्रहण दर बढाउन, स्वास्थ्य तथा सामाजिक मापदण्डहरूको सार्वजनिक पालना वृद्धि गर्न, नसर्ने रोगहरूले प्रस्तुत गरेका चुनौतीहरूसँग जुझ्न र सर्वसाधारणमा सही एवम् वैज्ञानिक जानकारी प्रवाह गर्न (विशेषगरी कोभिड–१९ जस्ता स्वास्थ्य आपतकालको समयमा) कानुन निर्माताहरूको भूमिकामा प्रकाश पार्ने उद्देश्य राखेको छ ।

यस कार्यक्रमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र माननीय स्वास्थ्यमन्त्री बिरोध खतिवडाबाट संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता स्वास्थ्यमन्त्री विरोध खतिवडाले गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका  उपसभापति शशिकला दाहाल; स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल; र नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवको उपस्थिति रहेको थियो ।

मन्तव्य राख्ने क्रममा  राष्ट्रिय सभा अध्यक्षले यस प्रकारका अन्तरक्रिया कार्यक्रमले जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्यमा निर्वाचित र नियुक्त पदाधिकारीको भूमिकाबारे कसरी महसुस गराएको छ भन्ने कुरा बताउनुभयो ।

“हामीले बोल्ने कुराहरूले निकै प्रभाव पार्ने कुरा हामीलाई थाहा छ । आज यहाँ उपस्थित मेरा सहकर्मीहरूलाई मतदातासँग हुँदा र कार्य गर्दा खोप कार्यक्रम र यसको महत्वबारे बताउन आग्रह गर्दछु । हामीले आफ्नो भूमिका खेल्यौं भने मात्र नेपालले राष्ट्रिय कोभिड–१९ खोप लगाउने लक्ष्य तोकिएको समयभन्दा अगावै हासिल गर्नेछ,”  अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।
स्वास्थ्य मन्त्री खतिवडाले कार्यक्रम कार्यान्वयनमा गरेको सहयोगका लागि राष्ट्रियसभा अध्यक्षप्रति आभार व्यक्त गर्दै चैत्र मसान्तभित्र १२ वर्षभन्दा माथिका सबै जनसंख्यालाई खोप लगाउने सरकारको लक्ष्य हासिलका लागि थप सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।
“कोभिड–१९ खोप अभियानको सन्दर्भमा नेपालले पहिले नै धेरै उपलब्धिहरू हासिल गरिसकेको कुरा बताउन पाउँदा म खुसी छु ।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई स्वीकार गरेको छ । अब अधिकांश स्थानीय तहमा खोप अभियानलाई सफल बनाउनका लागि हामीलाई तपाईंको सहयोगको खाँचो छ,” माननीय मन्त्री खतिवडा भन्नुभयो ।

नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले आफ्नो सम्बोधनमा विश्व स्वास्थ्य संगठनले विश्व तहमा सांसदहरूसँग गरिएको सहकार्यमाथि प्रकाश पार्नुभएको थियो ।

“विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय संसद संघसँग सहकार्य गर्दछ र नेपालमा भइरहेको यस शृंखलाबद्ध बैठकहरूले विश्व स्वास्थ्य संगठन र सांसदहरूबीचको पारस्परिक सम्मान र सहकार्यको भावनालाई समेट्छ,” डा राजेश संभाजीराव पाण्डवले भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, “समाज, देश, प्रदेश र सहरहरूका लागि कोभिड–१९ बाट सिकेका पाठहरू ग्रहण गर्न र उपचारहरूको योजना बनाउन सांसद र संसदको भूमिका महत्वपूर्ण हुन्छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वास्थ्य आकस्मिक सञ्चालन केन्द्रका प्रमुख एवम् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कार्यक्रमको सहजीकरण गर्दै सहभागी र विभिन्न विज्ञहरूबीचको छलफल कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको नेपाल राष्ट्र कार्यालयका वरिष्ठ अधिकारीहरूले प्रभावकारी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, कोभिड–१९ बारेको विज्ञानसम्मत जानकारी, कोभिड–१९ खोपसम्बन्धी राष्ट्रिय रणनीति, नसर्ने रोगहरू र कोभिड–१९ खोप कार्यक्रमको राष्ट्र«व्यापी पहुँच हासिल गर्न निर्वाचित अधिकारीहरूको भूमिकाबारे सत्रहरू सञ्चालन गर्नुभएको थियो ।

आजको बैठकसँगै नेपालको माथिल्लो सदनका सांसदहरूसँगको छलफल बैठक (ब्रिफिङ) सकिएको छ । यस्तै प्रकारका छलफल बैठक (ब्रिफिङ) कर्णाली प्रदेशसभाका माननीय सदस्यहरूसँग गत फागुन १३ गने सुर्खेतमा र सुदूरपश्चिम प्रदेशसभाका माननीय सदस्यहरूसँग गत फागुन १५ गते धनगढीमा आयोजना गरिएको थियो ।

यो छलफल शृंखलाको सुरुवात गत फागुन ७ गते नेपालका सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको ऐतिहासिक छलफल बैठक (ब्रिफिङ)बाट पोखरामा भएको थियो ।

IME Life
kumari