citizens life insurance long ad
stcnepal long ad

 मेयर विद्यासुन्दर शाक्यले धारापाटीमा सिद्धेश्वर महादेव मन्दिर उद्घाटन

खाली जग्गामा संरचना बनाउनेभन्दा पार्क बनाएर जोगाउने हाम्रो नीति हो –मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा रहेको सिद्धेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ । मंगलबार शिवरात्रीको अवसर पारेर महानगरका मेयर विद्यासुन्दर शाक्यले, मन्दिर उद्घाटन गर्नुभएको हो ।

महानगरको जनसहभागितामा आधारित कार्यक्रमअन्तर्गत निर्माण गरिएको मन्दिर बनाउन धारापाटी सामाजिक सेवा समितिले संयोजन गरेको थियो । धारापाटी क्षेत्रमा साढे ३ रोपनी जग्गा संरक्षण गरेर पार्क निर्माण गरिदैछ । यही जग्गामा करिब २१ लाख ९४ हजार रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर उदघाटनपछि बोल्दै मेयर शाक्यले, सम्पदा पुननिर्माणको प्रगतिमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो । ‘स्थानीय तह गठन भएपछि पहिलो कार्यकाल भएकोले स्थानीय सरकारको स्वरुप बनाउन कानून र अन्य प्रबन्धमा काम गर्नुपर्ने थियो ।

यति हुँदाहुँदै पनि हामीले सुरुदेखि नै सेवा प्रवाहका लागि सुविधा सम्पन्न पूर्वाधार र सम्पदा पुननिर्माणमा प्राथमिकता दिने नीति लियौँ । विकासका परिणामहरु विस्तारै आउँछन् । हामीले गरेका कामहरु धमाधम सकिँदैछन् । कतिपय कामहरु सम्पन्न हुने चरणमा छन् । यो प्रगतिलाई मैले सकारात्मक मानेको छु ।’

मेयर शाक्यले खाली जग्गामा संरचना बनाएरभन्दा पार्क बनाएर संरक्षण गर्ने नीति लिएको बताउँदै समुदाय स्तरमा समान धारणा निर्माण गर्न आग्रह गर्नुभयो ।

शैक्षिक, धार्मिक र स्वास्थ्य क्षेत्र वडा ३ को विशेषता हो । यो विशेषतालाई जोगाउने कामलाई महत्व दिएर हामीले काम गरिरहेका छौँ । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो, हामीले २ सय रोपनी जग्गा संरक्षण गरेर पार्क बनाएका छौँ । ८ किलोमिटर सडक विस्तार गरेका छौँ । भैरव, नारायण, शिव, दक्षिणकाली र गणेश मन्दिर निर्माण, पुननिर्माण र मर्मत सम्भार गरेका छौँ ।

त्यस अवसरमा सहभागी स्थानीयले महानगरले अघि सारेका योजनाबाट स्थानीयबासी लाभान्वित भएको प्रतिक्रिया दिएका थिए ।

 

 

 

IME Life
kumari