citizens life insurance long ad
stcnepal long ad

मेयर शाक्यबाट टि ट्वान्टी क्रिकेट खेल उद्घाटन

खेलमार्फत स्वच्छ सहरी आचरण निर्माण गर्न लगानी बढाएका छौँ –मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंं । सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश—देशकाबिचको सम्बन्ध मजबुत हुने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

हिजो शंखपार्कसँग जोडिएको पाकिस्तान एम्बेसी ग्राउण्डमा टि—ट्वान्टी क्रिकेट खेलको उद्घाटन गर्दै मेयर शाक्यले खेलमार्फत स्वच्छ सहर निर्माणमा महानगरले लगानी गरिरहेका बताउनुभयो । ‘महानगरले फुटबल, क्रिकेटलगायतका खेललाई प्रत्यक्ष सहयोग गरेको छ ।

’ मेयर शाक्यले भन्नुभयो, ‘नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक छ । यसबाट राष्ट्रिय गौरव बढाउन थप काम गर्नुपर्छ । युवा शक्तिलाई सकारात्मक काममा लाग्न प्रेरणा गर्ने भनेको खेल हो ।’ नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ सातौँ संस्करणको खेल हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत शैयद हाइदर शाहले, कोविडको महामारीपछि क्रमशः खेलका कार्यक्रमहरु बढ्दै गएको बताउनुभयो । ‘नेपालमा क्रिकेटप्रतिको मोह बढ्दो छ । हामीले आयोजना गरेको खेलबाट दुई देशका युवाविच मैत्री सम्बन्ध स्थापना हुने आशा गरेका छौँ ।’ राजदूत शाहको भनाइ थियो ।

प्रतिस्पर्धामा १२ टीम छन् । ४ समूहमा विभाजन गरेर एउटा समूहमा २ वटा खेल खेलाइनेछन् । यसबाट शीर्ष स्थान प्राप्त गर्ने टीम सेमिफाइनलमा पुग्नेछन् । सेमी फाइनलका विजेताले फाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल फागुन २६ गते सम्पन्न हुनेछ ।

IME Life
kumari