काठमाडौं । २०७९ वैशाख ९ गतेदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ।