citizens life insurance long ad
stcnepal long ad

वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई वर्गीकरण गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहनुुभएको छ ।

मन्त्रालयका अनुसार कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ । वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुटाउन सजिलो हुनेछ । नेपालमा अहिले करिब ८५४ वटा म्यानपावर कम्पनी रहेका छन् ।

ट्रिपल स्टारका सञ्चालक पक्राउ
भ्रमण भिसाका नाममा युवालाई ठगी गरेको आरोपमा काठमाडौँको टोखामा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालि नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सञ्चालक भीम गुरुङलाई पक्राउ गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले बिहीबार म्यानपावर सञ्चालक गुरुङलाई पक्राउ गरेको हो ।

संयुक्त अरब इमिरेट्स ९यूएई०को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जनासँग प्रतिव्यक्ति सात लाख ५० हजार रुपियाँसम्म लिएर भ्रमण भिसामा यूएई पठाई अलपत्र पारेको उजुरीका आधारमा गुुरुङलाई प्रक्राउ गरिएको जनाइएको छ ।

मार्सल टोलीका संयोजक विष्णुु लामिछानेले म्यानपावर सञ्चालक गुुरुङ भ्रमण भिसामा युवा पठाउने र अलपत्र पार्ने गरेको पाइएको जानकारी दिनुुभयो ।

नेतृत्वको मार्सल टोली निज गुुरुङ र उहाँका कार्यालयबाट प्राप्त कागजात नियन्त्रणमा लिई थप अनुसुन्धान गरेर कानुनी कारबाही गर्न वैदेशिक रोजगार विभागमा पठाइएको पनि उहाँको भनाइ छ ।

यसअघि उपसचिव लामिछानेसहितको उक्त टोलीले काठमाडौँको सिनामङ्लमा रहेको मिनवा म्यानपावरका सञ्चालक हेमराज राईसहितका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको थियो ।

IME Life
kumari