citizens life insurance long ad
stcnepal long ad

पीसीआर परीक्षण शुल्क घट्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पीसीआर परीक्षण शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘यसअघि सरकारी प्रयोगशालामा एक हजार तोकिएको पीसीआर शुल्कलाई समायोजन गरेर हाल ८ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, निजी प्रयोगशालाहरुबाट बढीमा दुई हजार रुपैयाँ शुल्क तिरेर परिक्षण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरेर १५ सय अधिकतम पीसीआर शुल्क तोकिएको छ ।’

अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो ।

त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिएको थियो ।

IME Life
kumari