citizens life insurance long ad
stcnepal long ad

UNIFIL Mission, Lebanon मा तैनाथ नेपाली शान्ति सैनिकद्वारा कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरी हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNIFIL Mission, Lebanon मा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा सम्मिलित नेपाली शान्ति सैनिकहरुद्वारा नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठुलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण सम्पन्न गरी  २०७८ पौष २८ गते आयोजित एक विशेष समारोहकावीच स्थानीय व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको व्यहोरा जानकारी गराएको ।

विभिन्न तहका जन(प्रतिनिधिहरु, युनिफिल हेडक्वार्टरका स्टाफहरु, लेवनानी सैनिकका प्रतिनिधिहरु र स्थानीय नगरबासी तथा नेपाली शान्ति सैनिकहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण समारोहमा युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डरको प्रतिनिधित्व गर्दै सेक्टर ईष्ट कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, नेपाली सेनाका सिनियर नेशनल अधिकृत महासेनानी कमल वाँनिया र व्लिदा नगरपालिका प्रमुख हसन हिजाजीले संयुक्त रुपमा उक्त परियोजनाको अनावरण गर्दै कार्य सम्पन्‍न पत्रमा हस्ताक्षर गर्नु भई विधिवत रुपमा समुद्‍घाटन गर्नु भएको थियो ।

UNIFIL Mission को सबैभन्दा संवेदनशील नगरपालिकाको रुपमा रहेको ब्लिदाको स्थानीय निकाय तथा समुदायसँग प्रगाढ सम्बन्ध बनाउने हेतुले परम्परागत कृषि पेशालाई टेवा पुर्‍याउन आर्थिक वर्ष २०७५/७६ को लागि उक्त परियोजना छनौट गरी स्वीकृत भएता पनि कोभिड–१९ महामारीका कारण कार्य प्रारम्भ हुन सकेको थिएन । यस आर्थिक बर्षमा बर्द बहादुर गणले नेपाली सेनाको पूर्व विनियोजित बजेट अमेरिकी डलर ३१,२०० ९एकतीस हजार दुई सय० बाट उक्त कार्य सम्पन्न गरेको छ ।

नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका यस प्रकारका जनहित एवं सामुदायिक कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिन्छ ।

IME Life
kumari