citizens life insurance long ad
stcnepal long ad

कुषिमा साझेदारी, भारतबाट रासायनिक मल पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुषि तथा पशुपंछी विकास मन्त्रालयले भारतसँग जीटुजी (सरकार–सरकार) को माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउने बित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिनुभयो ।

अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदान–प्रदान कार्यक्रम भौतिक रूपमा हुनेछ । नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको हो ।

सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ । यो नयाँ आयाम हो ।

नेपाल भारतवीचको सम्वन्ध क्रमशस् सुधारतिर गउको लक्षण देखिएका छन । विद्युत व्यापारमा सहजतादेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण संसया सहभागिता बढदै् गएको छ ।

कुषिमा थप साझेदारीको सम्भावना देखा परेको छ र यसमा गतिशीलता बढाउँदै जाने लक्ष सहित रासायनिक मलको समस्या समाधान गरिने भएको छ ।

केही समय अघि न्यूनगुणस्तरीय रासायनिक मल तेस्रो मुलुकबाट आयात गरिएको परिणाम स्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हाल्नु प¥यो । तर भारतसंग गरिने जी टु जी अर्थात सरकार–सरकारबीचको खरिद–बिक्रीले विवादको कुनै विन्दु रहने छैन ।

IME Life
kumari