citizens life insurance long ad
stcnepal long ad

पाल्पा सिमेन्टसँगको सहकार्यमा सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ ।

एसिड लगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्धा गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो ।

सम्झौता पश्चात पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ ।

२५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपाङ्ग वा अङ्गभङ्ग भएका १८ वर्षमुनिकालाई अपाङ्ग रहित जीवनयापनमा सहज होस भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट बञ्चितहरुलाई यो सहकार्यले मद्दत गर्ने इन्टष्ट्रिजले जनाएको छ ।

यस्तो महान कार्यमा योगदान गर्ने अवसर पाएकोमा कृतज्ञ रहेको बताउँदै सुष्मा कोइराला मेमोरियल अस्पतालले समाजलाई यस्तो सेवा प्रदान गरेकोमा आभारी रहेको इन्डष्ट्रिजले जनाएको छ । आगोले जलेर उपचार नहुँदा आउन सक्ने जटिलताका कारण विशेष गरी निम्न र मध्यम आए भएका बालबालिका र किशोरकिशोरी बढी पीडित छन् ।

IME Life
kumari