citizens life insurance long ad

पुरातत्त्वमा राम्रो काम गरेका दाहाल ४–५ लाखको लोभ गर्दा गणतन्त्र पार्कमा फसे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुरातत्व विभागमा लामो समय बिताएर त्यहीको नेतृत्व गरेका भेषनारायण दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कहलिएको कर्मचारी हुन ।

देशमा भुकम्प जाँदा होस वा सम्पदा संरक्षणका सवालमा जताततै दाहाल नै छाउथे । तर उनै दाहाल अब केही दिनमा भ्रष्टाचारी र कसुरदारका रुपमा फेरि एकपटक छाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ ।

मन्त्री आलेले नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय गत मङ्गलबार गरेका छन् । गत बुधबार मन्त्रालयले ती दुवै ठाउँमा कारवाहीका लागि पत्र पनि पठाएको छ ।

दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन सञ्चालनसम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बि. म्यानेजेन्टका सञ्चालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि गत बुधबार पत्र लेखी पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिएका छन ।

सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।
उ

क्त पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसकेकाले’कारबाही गर्न भनी उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १४७ मा राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीविना अतिक्रमण, भोगचलन गर्न नपाइने उल्लेख गरिएको छ ।

यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन९क्याफ्टेरिया० सञ्चालनमा भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाही गर्न अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई समेत मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले अख्तियारलाई पठाएको पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको र बि म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । मङ्गलबार नाराणहिटी दरबार सङ्ग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा सोही दिन स्वीकृत भइसकेको छ । मन्त्रीको आदेश मानेर नारायणहिटी दरवारमा क्यान्टिन सञ्चालनका नाममा डान्स, डिस्को र ठुलो रेष्टुरेन्ट सञ्चालन गर्न दिने टेण्डर निकाली ठेक्का दिदा दाहाललाई भष्टाचार मुद्दामा फसाइने भएको छ। जागिरको अन्तिम बेलामा आनन्दराज बतासले दिएको ४–५ लाखको लोभ गर्दा उनी फसेका छन।

 

IME Life
kumari