stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नर्भिक इन्टरनेसनलले ५० प्रतिशत बोनस सेयर दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारण सभाले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।

आईपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ। नर्भिक अस्पतालको हालको चुक्तापुँजी १५ करोड रुपैयाँ रहेको छ। ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

यस्तै एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्तावसमेत पारित गरेको जनाएको छ। नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो।

सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांशसमेत व्यवस्थापन हुने बताइएको छ।

आज थापाथलीस्थित बीएलसी बिल्डिङमा सम्पन्न वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेलासमेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए।

महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायीत्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जानकारी दिएका छन।

अध्यक्ष सिंहले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गरेका छन।

एजीएममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र सेयरधनीको सहभागिता थियो।

prabhu mahalaxmi
kumari