citizens life insurance long ad
stcnepal long ad

निजी क्षेत्रलाई विधुत व्यापारको अनुमति दिइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छिन् ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी गरेको बताएकी छिन् ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताइन् ।

निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको खाका तयार गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गरेकी छिन ।

‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ ।

बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले भनिन्, ‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ ।

मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ । बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजानु भएको बताउदै देशको समृद्धिका लागि बिजुलीको उत्पादन र खपत बढाउनुपर्नेमा उनले जोड दिएकी छिन ।

देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पुर्‍याउनुपर्ने मन्त्री भुसालले बताइन् ।

उनले भनिन्, ‘हामीले चाहेको समृद्धिका लागि बिजुली उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्दछ । यसका लागि हाम्रो आन्तरिक बिजुली खपत झन्डै पाँच हजार मेगावाट पुर्‍याउनुपर्दछ ।

अहिले हाम्रो पिक आवरको बिजुली झन्डै १६ सय ५० मेगावाट रहेको छ ।’ बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारेकी छिन ।

IME Life
kumari