evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आजदेखि काठमाडौंका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौंका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाडौंका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

गएको मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भीड लाग्दै आएको छ ।

भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

himalayan life insurance
igi long